सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले १५ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा संस्थाको कार्यालय कोटेश्वरमा आयोजित एक कार्यक्रममा संस्थाले ३० जना जेष्ठ सदस्यलाई ब्ल्याङ्केट र नगदसहित सम्मान गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कूनका पुर्व अध्यक्ष तथा सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्ग, संस्थाका अध्यक्ष पम्फा न्यौपाने र प्रमुख सल्लाहकार चित्रा कुमारी थामसुहाङ सुब्बाले संयुक्त रुपमा जेष्ठ सदस्यलाई सम्मान गरेका थिए । संस्थाले विगत २ वर्षदेखि स्थापना दिवसको अवसरमा जेष्ठ सदस्य सम्मान गर्दै आएको जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रधानाङ्गले सहकारी नाफामूलक नभई सेवामूलक हुनुपर्ने उल्लेख गरे। उनले सुयोग्य साकोसले गरेको असल अभ्यासबाट अन्य सहकारीले सिको गर्नुपर्ने बताए ।
संस्थाका प्रमुख सल्लाहकार चित्रा कुमारी थामसुहाङले सहकारीले गरेको गतिविधिको बारेमा निगरानी गर्न सदस्यहरुलाई अनुरोध गरिन् । उनले सदस्यहरुको सुख दुःखमा साथ दिने सहकारी संस्थाहरु भएका कारण सदस्यको साथ बिना सहकारी अघि बढ्न नसकिने जनाइन् ।
संस्थाका अध्यक्ष पम्फा न्यौपानेले संस्थाको कारोबार सानो भएपनि सदस्यलाई दिने सेवामा कुनै कमी नगरेको बताईन । वर्तमान् अवस्थामा पनि संस्थामा पर्याप्त तरलता भएको बताउँदै अध्यक्ष न्यौपानेले ढुक्कसँग बचत गर्न र आवश्यक परेको अवस्थामा कर्जा समेत लिन आग्रह गरेकी थिइन् ।

