शनिबार, आश्विन १७ गते २०८३

होलीमा ग्लोबल आईएमई बैंकले १५ प्रतिशत क्यासब्याक दिने

फाल्गुण २१, २०७९ आइतबार
होलीमा ग्लोबल आईएमई बैंकले १५ प्रतिशत क्यासब्याक दिने

 

ग्लोबल आइएमई बैंक लिमिटेडले मोबाइल बैंकिङ्ग एप्लिकेशन तथा क्यूआर पेमेन्ट प्रयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यले डिजिटल होली योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा बैंकले १५ प्रतिशत क्यासब्याक दिनेछ ।

फाल्गुन २२ र २३ गते ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत ग्राहकहरुले “जीआईबीएल– आफ्नो मनपर्ने रङको नाम” लेखी भुक्तानी गर्दा एक पटकको खरिदको १५ प्रतिशत वा रु १५० सम्म क्यासब्याक पाउनेछन् ।

बैंक ग्राहकहरुलाई हर्षोल्लास सँगसँगै सुरक्षित तरिकाले होली पर्व मनाउनका लागि समेत आग्रह गरेको छ ।