शनिबार, आश्विन १७ गते २०८३

बैंकका सीइओको तलब भत्ता नबढाउन राष्ट्र बैंकद्वारा पत्राचार

फाल्गुण १७, २०७९ बुधबार
बैंकका सीइओको तलब भत्ता नबढाउन राष्ट्र बैंकद्वारा पत्राचार

 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कार्यकारीहरूको तलब, भत्ता तथा सुविधाहरु हाललाई वृद्धि नगर्न(नगराउन निर्देशन दिएको छ । 

प्रमुख कार्यकारी अधिकृतहरुको तलब, भत्ता र सुविधाहरुको विषयमा राष्ट्र बैंकले अध्ययन गरिरहेको जनाउँदै तत्काल तलब सुविधा नबढाउन सबै बैंक तथा वित्तीय संस्थालाइ पत्र काटेको हो ।

विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई अलग–अलग पत्र पठाएर यस्तो निर्देशन दिएका हुन् । राष्ट्रबैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थाहरुलाई छुट्टा–छुट्टै पत्र पठाउँदै प्रमुख कार्यकारी अधिकृतहरुको तलब, भत्ता तथा सुविधाहरु हाललाई वृद्धि नगर्न नगराउन निर्देशनमा भनिएको छ।