काठमाडौंको मिनभवनमा केन्द्रीय कार्यालय रहेको कान्तिपुर सेभिङ एण्ड क्रेडिट को अपरेटिभ सहित ६ सहकारी संस्था कालोसूचीमा परेका छन। गत साउनदेखि नै बचतकर्ताको रकम फिर्ता गर्न नसकेर समस्यामा रहेको उक्त सहकारी कालोसूचीमा परेको हो ।
कालोसूचीमा परेका सहकारीमा पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्था, नवसवाल सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, शंखनाथ बचत तथा ऋण सहकारी संस्था, शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था र शिवालय सेभिङ एण्ड क्रेडिक को अपरेटिभ रहेका छन् ।
कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चलकमा धन बहादुर अधिकारी, मुना तिवारी, सरस्वती शर्मा, कमला बस्नेत, नेत्र कुमार गिरी, प्रेम कुमारी भुजेल, रेनुका भुजेल र सनिप कुमार भुजेल रहेका छन् ।
त्यसैगरी, नवसवाल सेभिङ एण्ड क्रेडिट को अपरेटिभका सञ्चालकमा रञ्जना खड्का, सन्तोष प्रधान र युव बहादुर कार्की रहेका छन् । त्यस्तै, शंखनाथ बचत तथा ऋण सहकारी संस्था, भरत प्रसाद धिताल, जीवन थापा, र राम कुमार उप्रेती र कान्तिपुर सेभिङ एण्ड क्रेडिट को अपरेटिभका सञ्चालकमा चन्द्र ज्योति कोइराला, देवसागर लामा र पुष्पराज कोइराला रहेका छन् । शिवालय सहकारी संस्था कालो सूचिमा परेसँगै संस्थाका हरि बशिष्ठ भट्टराई, हिमाल राई, पद्मा लिम्बु, प्रताप राई, रोजिना श्रेष्ठ र सञ्जु अवालेलाई पनि कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको छ ।
केन्द्रका अनुसार शिव शिखर बहुउद्देश्यीय को अपरेटिभका सञ्चालकमा लिलानाथ गौतम र सुशिल बाँनिया रहेका छन् ।