आइतबार, कार्तिक ९ गते २०८३

श्री कल्याणकारी बहुउदेश्यीय सहकारीद्धारा सहकारी शिक्षाको आयोजना

फाल्गुण १५, २०७९ सोमबार
श्री  कल्याणकारी बहुउदेश्यीय सहकारीद्धारा    सहकारी शिक्षाको आयोजना

श्री कल्याणकारी बहुउद्धेश्यीय सहकारी संस्थाले चौंरी देउराली गाउँपालिकामा  एकदिने सहकारी शिक्षा तालिम कार्यक्रम आयोजना गरेको छ । संस्थाका अध्यक्ष लक्ष्मण गौतमको अध्यक्षता  एवं चौंरी देउराली गापा वडा नं ३ का वडा अध्यक्षको प्रमुख आतित्थ्यता तथा संस्थाका निवर्तमान अध्यक्ष चित्र प्रसाद चौलागाईको आतित्थ्यतामा तालिम कार्यक्रम  सम्पन्न भएको हो । 

तालिमका प्रशिक्षक बिवेकराज ठकुरीले सहकारीका बारेमा जानकारी दिनुका साथै सदस्य तथा संचालकको जिम्मेवारीका बारेमा प्रशिक्षण गरेका थिए । त्यसैगरी बचत तथा ऋण र बहुउद्धेश्यीय सहकारी संस्थाको कामका बारेमा जानकारी  समेत उनले गराएका थिए । उनले सहकारी संस्थामा देखिएको समस्या र राज्यले अङ्गीकार गर्दै आएको नीतिले सहकारी संस्थालाई पर्न सक्ने प्रभाव समेतको  बारेमा जानकारी  गराए ।

IMG-20230225-WA0002.jpg

संस्थाका अध्यक्ष लक्ष्मण गौतमले संस्थाको ७ वर्ष देखिको आर्थिक परिसूचक, यस वर्ष गरिरहेको मुख्य कार्यहरु, आगामी दिनको प्रमुख योजना प्रस्तुत गरेका थिए । संस्थाले कार्यक्षेत्र भित्रका कृषकहरुलाई समयमै रासायनिक मल वितरण, कृषि यान्त्रीकरणको लागि ट्रयाक्टर लगाएत किटनाशक आषधिको ब्यबस्थापन गरिरहेको जानकारी दिए ।

त्यसैगरी कृषि उब्जनीलाइ सहर बजारसम्म पुर्याउन र बिक्रि वितरण गर्नको लागि कालिमाटी तरकारी तथा फलफूल बजारमा बिक्रि केन्द्र राख्नको लागि स्टलको प्रस्ताव पेश गरेको जानकारी दिए । प्रमुख अतिथि चौलागाईंले संस्थालाई आवश्यक र वडा कार्यालयले गर्न सक्ने सबै कार्यमा सहयोग गर्ने बताए । संस्थाकी ब्यबस्थापक रुपा दाहालले आगामी दिनमा पनि शिक्षा, समुदाय लक्षित कार्यक्रमहरु गर्दै जाने बताइन् । उनले संस्थाले सहकारी शिक्षा र समुदाय प्रति चासो सम्बन्धि सिद्दान्तलाई आत्मसाथ गर्दै  सस्थाका सदस्य तथा गैह्र सदस्यलाइ समेत समेटेर कार्यक्रम गर्ने जनाइन् ।