शनिबार, कार्तिक ८ गते २०८३

आर्थिक वृद्धिदर ०.८ प्रतिशत 

फाल्गुण १४, २०७९ आइतबार
आर्थिक वृद्धिदर ०.८ प्रतिशत 


चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा नेपाललको आर्थिक वृद्धिदर  ०.८ प्रतिशत मात्रै  भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालले चालू आवको साउनदेखि असोजसम्ममा  ०.८  प्रतिशतले मात्रै आर्थिक वृद्धिदर हासिल गरेको हो ।

चालू आर्थिक वर्षमा आर्थिक मन्दीसँगै पुँजीगत खर्च हुन नसक्दा आर्थिक वृद्धिदरमा ठूलो धक्का पुगेको देखिन्छ । गत वर्षको पहिलो त्रैमासिकमा नेपालले ३ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त गरेको थियो । साथै, गत आव नेपालले ९ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त गरेको थियो ।

त्यसैगरी आव २०७७/७८ मा १२.६ प्रतिशत प्राप्त गरेको थियो । साथै, आव २०७६/ ७७ मा भने नेपालले १६.५ प्रतिशत नकरात्मक आर्थिक वृद्धिदर प्राप्त गरेको थियो । चालू आर्थिक वर्षमा निर्माण कार्य र उत्खनन तथा खानी क्षेत्रमा कार्यमा मन्दी आउँदा समग्र अर्थतन्त्र वृद्धिदरमा नै प्रभाव परेको छ ।