शनिबार, आश्विन १७ गते २०८३

एनआईसी एशियाको फोनलोन सुरू, २ लाखसम्म कर्जा बैंकिङ एपबाटै

फाल्गुण १४, २०७९ आइतबार
एनआईसी एशियाको फोनलोन सुरू, २ लाखसम्म कर्जा बैंकिङ एपबाटै

एनआईसी एशिया बैंकले फोनलोन सेवा शुरू गरेको छ । ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग एपबाटै डिजिटल रुपमा कर्जा प्राप्त गर्न सकिने सुविधा बैंकले ल्याएको हो । नवीनतम प्रविधिमा आधारित भएर बैंकले ल्याएको उक्त सेवाबाट ग्राहकहरूले मोबाइल एपमार्फत बिना कुनै कागजी प्रक्रिया, धितो एवं भौतिक रुपमा बैंकका शाखा उपस्थित नभई अधिकतम रु। २ लाखसम्मको पूर्वस्वीकृत कर्जाको लाभ लिन सक्नेछन् । 

बैंकले ल्याएको यस नयाँ सेवाबाट ग्राहकहरूले १ महिनादेखि १२ महिनासम्मको मासिक किस्ताबन्दीमा कर्जा प्राप्त हुनेछ । बैंकमा तलब बचत खाता, नियमित कारोबार एवं यस बैंकमा बक्यौता कर्जा नरहेको लगायत अन्य केही शर्त एवं मापदण्डको आधारमा ग्राहक महानुभावहरूले कर्जा सेवा उपभोग गर्न सक्नेछन्।

उक्त मापदण्डहरुबारे एपले नै स्वचालित रुपमा ग्राहक महानुभावको कर्जा प्राप्त गर्ने योग्यता मापन गरी सम्बन्धित ग्राहक महानुभावले कर्जा प्राप्त गर्ने वा नगर्ने अवस्थाको निर्क्यौल गर्नेछ र कर्जा लिन योग्य ग्राहकहरुको एनआइसी एशिया मोबैंक एपमा कर्जा आवेदन दिने विकल्प देखिने व्यवस्था बैंकले गरेको छ । कर्जा लिन योग्य ठहर भएमा ग्राहकले एनआइसी एशिया मोबैंकमा लग इन गरी त्यहाँ उल्लेखित एनआइसी एशिया फोनलोन आइकनमा ट्याब गरी दर्ता सम्पन्न गरी कर्जाको प्रक्रिया अगाडि बढाउन सक्नेछन् ।

एनआईसी एशिया बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।