शनिबार, आश्विन १७ गते २०८३

आकस्मिक बिदाको दिनमा पनि बैंक खुल्ला राख्न राष्ट्र बैंकको निर्देशन

फाल्गुण १२, २०७९ शुक्रबार
आकस्मिक बिदाको दिनमा पनि बैंक खुल्ला राख्न राष्ट्र बैंकको निर्देशन

सरकारले दिने आकस्मिक बिदाको दिनमा पनि बैंक तथा वित्तीय संस्थाको कार्यालय खोल्न केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन–२०७९ मा संशोधन तथा परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले जारी गरेको बैंक बिदाको सूचीका अतिरिक्त सरकारबाट आकस्मिक बिदा घोषणा भएको दिन नगद कारोबार, चेक क्लियरिंग, आरटीजीएस लगायत अत्यावश्यक बैंकिङ सेवा दिन कार्यालय खोल्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई विहान १० देखि दिउँसो साढे १ बजेसम्म आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा दिन भनेको छ ।