शनिबार, कार्तिक ८ गते २०८३

आत्मनिर्भर लघुवितको आईपीओ खुल्ला

फाल्गुण ११, २०७९ बिहीबार
आत्मनिर्भर लघुवितको आईपीओ खुल्ला


आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले आजबाट आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले   सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्कानस खुला गरेको हो । लघुवित्तले जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता सेयर सर्वाजनिक निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । 

जसमध्ये २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरी बाँडफाँट गरिसकेको छ । यस्तै ३ हजार ११७ कित्ता सेयर कर्मचारीहरु तथा १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । सर्वसाधारणले बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरको लागि सर्वसाधारण लगानीकर्ताबाट आवेदन माग गरेको कम्पनीले प्रकाशित गरेको आह्वानपत्रमा उल्लेख छ । 

लघुवित्तको आईपीओमा फागुन छिटोमा १५ फागुनसम्म आवेदन दिन सकिनेछ भने उक्त अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि २५ फागुनसम्म थप हुनेछ । आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।