आइतबार, कार्तिक ९ गते २०८३

चमेली कल्याणकारी साकोसको तरलता १८ प्रतिशत माथी

फाल्गुण १०, २०७९ बुधबार
चमेली कल्याणकारी साकोसको तरलता १८ प्रतिशत माथी


भक्तपुरको बिरुवामा रहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थामा माघ मसान्तमा १८.१६ प्रतिशत तरलता रहेको छ । संस्थाले प्रकाशित गरेको मासिक वित्तीय बिवरण अनुसार माघ मसान्तमा १३ करोड ३ लाख ३२ हजार ८२३ रुपैयाँ तरलता रहेको पाईएको छ ।

संस्थामा ५९ करोड ४३ लाख १० हजार ४७८ रुपैयाँ बचत संकलन गरेको संस्थाले ५८ करोड ७१ लाख ४४ हजार ३८१  रुपैयाँ ऋण प्रवाह गरेको छ । ५ करोड ६८ लाख १ हजार शेयर पुँजी रहेको संस्थाको ५ करोड ७५ लाख ५४ हजार ४०५ रुपैयाँ जगेडा कोषमा रहेको छ ।

यस्तै ३ करोड ५३ लाख ७८ हजार ६५८ रुपैयाँ अन्य कोषमा रहेको छ । त्यसैगरी ५ करोड ९१ लाख ४८ हजार १८९ संस्थागत पुँजी रहेको संस्थामा ७७ करोड २८ लाख ७७ हजार ४४८ कुल सम्पति रहेको छ । ४ हजार ६३७ सदस्य रहेको संस्थाले १ हजार ८० जनालाई ऋण लगानी गरेको मासिक प्रतिवेदनमा उल्लेख छ ।