आइतबार, कार्तिक ९ गते २०८३

भक्तपुर बचत संघद्वारा पर्ल्स अनुगमन तालिम, वित्तीय सुरक्षामा सघाउ पुग्ने अपेक्षा

फाल्गुण १०, २०७९ बुधबार
भक्तपुर बचत संघद्वारा पर्ल्स अनुगमन तालिम, वित्तीय सुरक्षामा सघाउ पुग्ने अपेक्षा


भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को वित्तीय सेवा प्रवर्द्धन उपसमितिको आयोजनामा पर्ल्स अनुगमन प्रणाली तालिम सम्पन्न भएको छ ।

संघका कोषाध्यक्ष एवं उपसमितिका संयोजक कान्छाभक्त घजुले सहकारी संस्थाको वित्तीय स्वस्थता मापन गर्ने महत्वपूर्ण औजर पल्र्स भएकोले यसको प्रयोगले संस्था संभावित वित्तीय दृर्घटना हुनबाट बच्ने जनाए । अहिलेको समयमा धेरै बचत तथा ऋण सहकारी संस्थामा समस्या देखिनुको कारण पर्ल्स अनुमन प्रणाली अवलम्बन नहुनु समेत भएको उनको भनाइ थियो । वित्तीय अनुशासन कायम गर्न बचत तथा ऋण सहकारी संस्थाले अनिवार्य पर्ल्स अनुगमन प्रणालीलाई पूर्णतया अवलम्बन गर्नुपर्नेमा उनले जोड दिए ।

संघका व्यवस्थापक एंव तालिमका सहजकर्ता बालकृष्ण धोजुले बचत तथा ऋण सहकारी संस्थाले अनिवार्य लागु गर्नुपर्ने पर्ल्स अनुगमन प्रणाली संस्थाका संचालक, लेखा, कर्मचारी र सदस्यले समेत थाहा पाउनुपर्ने विषय रहेको बताए । यसले कुन सहकारी राम्रो छ भनी पहिचान गर्न सकिने भएकोले सदस्यले आफ्नो बचतको सुरक्षाको लागि पनि पर्ल्स अनुगमन प्रणालीबारे थाहा पाउन जरुरी रहेको बताए ।

उपसमितिका सदस्य राजकुमार लघुले तालिम समापन कार्यक्रममा धन्यवाद मन्तव्य राख्दै सिकेका कुरा संस्थामा व्यवहारिक प्रयोग गर्नुपर्ने बताए । पर्ल्स अनुगमन प्रणालीबाट संस्थाको नियमित   अनुगमनले समस्या देखिएको क्षेत्रमा तुरुन्त समाधान गरे मात्र पल्र्स अनुगमन प्रणालीको अवलम्बनले सार्थकता पाउने बताए ।

संघमा आवद्ध संस्थाहरुमध्येबाट १४ जना तालिममा सहभागि रहेका थिए । तालिमबाट संस्थाको सदस्य सुरक्षा, प्रभावकारी वित्तीय संरचना, सम्पत्ति गुणस्तर, लागत र प्रतिफल, तरलता, वृद्धि विकास लगायतका उपयोगी विषयमा सिक्न पाएकोमा सहभागिले सन्तुष्टि जाहेर गरेका थिए ।