आइतबार, कार्तिक ९ गते २०८३

मिलिजुली कालिञ्चोक साकोसद्वारा मानव संशाधन सशक्तिकरण तालिमको आयोजना 

फाल्गुण ७, २०७९ आइतबार
मिलिजुली कालिञ्चोक साकोसद्वारा मानव संशाधन सशक्तिकरण तालिमको आयोजना 


दोलखाको सदरमुकाम चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले संस्थामा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई दुई दिवसिय सशक्तिकरण तालिम प्रदान गरेको छ ।

 तालिम कार्यक्रमको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष  नारायण बहादुर श्रेष्ठ र समापन कार्यक्रममा संस्थाकी उपाध्यक्ष सरुणा बस्नेत श्रेष्ठको प्रमुख आतित्थ्यता रहेको थियो ।  तालिममा सचिव  ठाकुर प्रसाद पाठक, सञ्चालक सदस्य द्धय  बालकुमारी श्रेष्ठ र  पुष्कर कुमार श्रेष्ठको पनि आतित्थ्यता रहेको थियो ।

उक्त तालिम कार्यक्रमको उद्घाटन तथा समापन कार्यक्रम संस्थाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेको अध्यक्षतामा सञ्चालन भएको थियो । तालिममा संस्था र शेयर सदस्य सफल बनाउनको लागि सञ्चालक र कर्मचारीको भूमिका तथा सहसम्बन्ध बिषयमा संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठ, सम्पत्ति शुद्धिकरण निवारण, प्रभावकारी सुचना प्रवाह सुशासनयुक्त प्रशासन बिषयमा संस्थाका सहायक ब्यवस्थापक रमेश सापकोटा, सुरक्षित ऋण लगानि र प्रभावकारी ऋण असुली बिषयमा संस्थाका ऋण अधिकृत चिरन्जीवी सापकोटा र ऋण असुली अधिकृत  राजन श्रेष्ठले प्रशिक्षण दिएका थिए ।

त्यसैगरी   सूचना प्रविधि आन्तरीक लेखापरीक्षण र सेवाकेन्द्र ब्यवस्थापन बिषयमा सूचना प्रविधि अधिकृत  भीमसेन दाहाल, बचत ब्यवस्थापन बिषयमा बचत अधिकृत भोजराज खतिवडा, लेखा बिधि र पद्धति बिषयमा लेखा शाखा प्रमुख ईन्दीरा दाहाल, प्रभावकारी टेलर ब्यवस्थापन बिषयमा टेलर प्रमुख  सरिता शर्मा र मोवाईल बैंकीङ्ग, क्युआर कोड एवं एटीएम ब्यवस्थापन सम्बन्धमा मोवाईल बैंकीङ्ग तथा क्युआर कोड बिभाग प्रमुख लक्ष्मी खतिवडाले सहजीकरण गरेका थिए ।  बिप्रेषण कारोवार ब्यवस्थापन सम्बन्धमा बिप्रेषण बिभाग प्रमुख  रजिना चौलागाईबाट सहजीकरण भएको थियो भने संस्थाको प्रमुख कार्यकारी अधिकृत  न्यौपानेबाट एचआर सशक्तिकरण बिषयमा सहजीकरण भएको थियो ।

संस्थाले चारबर्षिय रणनीतिक योजना आ. ब. २०७९/०८० देखी २०८२/०८३० लाई फाएभ बाई सेभेन डाईमन्सनको आधारमा तयार पारेको थियो । यस फाएभ डाईमन्सन भित्र बित्तिय स्वस्थ्यता एवं बृद्धि, गुणस्तरीय सेवा एवं सदस्य सन्तुष्टि, कुसल तथा स्तरीय कार्य सञ्चालन, नविन अभ्यास र सिकाई तथा डिजिटल वितीय सेवा रहेको राखिएको छ । चारबर्षिय रणनीतिक योजनाको पहिलो बर्ष  आ.ब. २०७९/०८० को लागि तयार पारीएको योजना बमोजिम भएको कार्यप्रगतिको बारेमा संस्थाको मानव संशाधन बाट समिक्षा गरिएको संस्थाले जनाएको छ । संस्थाले आ.ब. २०७९/०८० को पहिलो अर्धबार्षिक अवधिमा योजना बमोजिम अधिकांश सुचकांकहरुमा सफलता प्राप्त गरेको छ । संस्थामा हाल २४,६१९ शेयर सदस्य तथा ९,२५३ बालबचतकर्ता समेत जम्मा बचतकर्ता संख्या ३३,८७२ रहेको छ भने कुल वासलात १ अर्ब २८ करोड रहेको छ ।