नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्योति प्रकाश पाण्डे नियुक्त भएका छन्। बैंकले पाण्डेलाई २०७९ फागुन ३ गतेदेखि लागु हुने गरी आगामी ४ वर्षे कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो।
बैंकको संचालक समितिको ५८४ औं बैठकले प्रमुख कार्यकारी अधिकृतमा पाण्डेलाई फागुन ३ गतेबाट लागू हुने गरी १ कार्यकालका लागि पुनः नियुक्त गर्ने निर्णय गरेको बैंकका नायब महाप्रबन्धक बिजेन्द्र सुवालले जानकारी दिएका हुन् ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच केहि समय अगाडि मर्जर भएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बनेको थियो । मर्जर हुनुअघि पाण्डे नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत थिए।