सामूहिक बचत तथा सहकारी संस्थाको आ.व. २०७८।०७९ को अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायको सभापतित्वमा संस्थाका संचालक समिति, लेखा समिति, निवर्तमान अध्यक्ष, सल्लाहकार, विभिन्न उपसमिति सदस्यहरु र कर्मचारीहरु गरी जम्मा २७ जनाको सहभागीता रहेको थियो ।
कार्यक्रममा स्वागत गर्दै संस्थाका सचिव कृष्णहरि सैँजुले कार्यक्रमको औचित्य माथि प्रस्ट पारेका थिए । कार्यक्रममा समता सदस्य सेवाकेन्द्र र बुद्ध सदस्य सेवाकेन्द्र प्रमुखहरू क्रमश सुशिला गोथे र रामेश्वरी शिल्पकारबाट आर्थिक प्रतिवेदन तथा सेवाकेन्द्रको अवस्थाको विषयमा प्रस्तुतीकरण गरेका थिए भने समग्र रुपमा संस्थाका निमित्त व्यवस्थापक अनिता दुवालवाट अर्धवार्षिक प्रतिबेदन प्रस्तुत गरिएको थियो । संस्थाले यस आ.ब.को पौष मसान्तसम्म ७१ करोड ७ लाख ९७ हजार रुपैया कारोवार गर्न सफल भएके छ । त्यसैगरी संस्थामा ६७४० जना सदस्य रहेका छन् । सामूहिकले बचत फिर्ताका लागि २०% तरलता कायम गरेको जनाएको छ ।
तरलतामा कुनै समस्या नरहेकाले सदस्यहरुले निर्धक्क भएर बचत गर्न सक्ने लेखासुपरिवेक्षण समिति संयोजक नित्यनाथ श्रेष्ठले बताए । सचिव कृष्णहरि सैजुले संस्थालाई सुरक्षित र स्थायित्व कायम गरी उत्कृष्ट सहभागिता पुरस्कार २०७८, उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७८, जिल्लाको उत्कृष्ट सहकारी संस्था २०७८ र संस्थागत भवनको निर्माण सम्पन्न पनि प्राप्त भइसकेको जानकारी गराए ।
साथै कोषाध्यक्ष अशोकरत्न शाक्यले भक्तपुर जिल्लामा २ वटा वडा बाहेक जिल्लाभर कार्यक्षेत्र भइरहेको र तरलता संकटको अवस्थामा पनि बचत फिर्तामात्र नभइ ऋण लगानी समेत गर्दै आइरहेको र पर्याप्त तरलता भएकोले सदस्यलाई निश्चिन्त रहन आग्रह गरे । ध्यक्ष राजोपाध्यायले चारै नगरपालिकामा सदस्यता विस्तार र बचत संकलनका लागि अवको दिनमा गर्न सकिने सम्भावित योजनाहरुको बारेमा पनि प्रष्ट पारेका थिए ।कार्यक्रममा निवर्तमान व्यवस्थापक कविन्द्र धौवन्जारलाई सम्मान सहित विदाई गरिएको थियो ।
