आइतबार, कार्तिक ९ गते २०८३

कोपोमिसमा समष्टिगत विवरण भर्ने सहकारीको संख्या १३ हजार माथी

माघ २७, २०७९ शुक्रबार
कोपोमिसमा समष्टिगत विवरण भर्ने सहकारीको संख्या १३ हजार माथी

सहकारी तथा गरिवी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) मा समष्टिगत विवरण भर्ने सहकारीको संख्या १३ हजार १ सय ५६ पुगेको छ । सहकारी विभागका  गत पुष १७ गतेसम्मको तथ्यांक अनुसार कोपोमिसमा आवद्ध २८ हजार ७ सय ४२ सहकारी संघरसंस्था ९पासवर्ड लिने० मध्ये १३ हजार १ सय ५६ ले  समष्टिगत विवरण भरेका छन् । त्यस्तै कम्तीमा एक पटक कोपोमिस लगइन गर्ने सहकारी संघ संस्थाले मात्रै १७ हजार २ सय ३६ मात्रै रहेका छन् । यसरी हेर्दा कोपोमिसमा समष्टिगत विवरण भर्ने सहकारी संख्यामा व्यापक सुधार आएको छ ।

तत्कालिन सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पष्डितले कोपोमिस कार्यान्वयनमा कडाई गरेका थिए।  कोपोमिसमा आवद्ध नहुने संस्थाको कर चुक्ता प्रप्रमाणपत्रदेखि अनुदान समेत लिन नपाउने व्यवस्था गरेको कारण  आवद्धता बढेकेो हो । रजिष्ट्रार पण्डितले सहकारी संघ/संख्याको तथ्यांक संकलनको लागि समष्टिगत विवरण अनिवार्य भर्नुपर्ने प्रावधानको कडाईका साथ लागू गरेका थिए  ।  पण्डित कै सिफारिसमा समष्टिगत विवरण नभर्ने सहकारी संघ/ संस्थाले कर चुक्ताको प्रमाणपत्र नपाउने र धितो रोक्का लागि समेत कोपोमिसमा आवद्धता हुनुपर्ने व्यवस्था सरकारले गरेको थियो ।

त्यसपछि सहकारीहरु कोपोमिसमा आवद्ध हुन बाध्य भएको हो । अघिल्लो आर्थिक वर्षको अन्त्यमा ६ हजार ६ सय ७८ सहकारी मात्र कोपोमिसमा आवद्ध भएका थिए ।