शनिबार, आश्विन १७ गते २०८३

साँग्रिला डेभलपमेन्ट बैंककाे ८.९ प्रतिशत लाभांश घाेषणा

माघ २७, २०७९ शुक्रबार
साँग्रिला डेभलपमेन्ट बैंककाे ८.९ प्रतिशत लाभांश घाेषणा

साँग्रिला डेभलपमेन्ट बैंकले ८.९८३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको संचालक समितिको बैठकले नगद तथा बोनस लाभांश दिने घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ८.५३४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४४९ प्रतिशत नगद लाभांश गरि कुल ८.९८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको हाल चुक्ता पुँजी ३ अर्ब १ करोड ६ लाख ६९ हजार रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।