नेपाल राष्ट्र बैंकद्वारा चालु आर्थिक वर्ष २०७९।८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै केहि नीतिगत व्यवस्था तथा नियामकीय उपायहरूमा हेरफेर गरेको छ ।
समीक्षाले सबै खाले ऋणीलाई ऋण तिर्ने थप एक महिना समय दिएको छ । राष्ट्र बैंकले ऋणीको भाखा नाघेको एक महिनाभित्र ऋण भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने पाइने व्यवस्था मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा गरेको हो ।
ब्याजदर करिडोर अन्तर्गतका दरहरुलाई भने यथावत राखिएको छ । अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात र स्थायी तरलता सुविधासम्वन्धी व्यवस्थालाई यथावत राखिएको छ ।
बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतको बैंक दरमा यस बैंकले उपलव्ध गराउँदै आएकोमा दैनिक तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधा ७ प्रतिशतको नीतिगत दरमा उपलव्ध हुने व्यवस्था मिलाइने भएकोछ ।
मौद्रिक नीतिमा लिइएका लक्ष्य तथा प्रक्षेपणहरुलाई यथावत राखिएको छ भने ब्याजदर करिडोर प्रभावकारी हुनेर भुक्तानी प्रणालीमा कुनै व्यवधान आउन नदिने गरी तरलता व्यवस्थापन गरिने जनाएकाे छ ।