बाणिज्य बैंकहरूले फागुन महिनामा निक्षेपको ब्याज दर यथावत राख्ने भएका छन् । नेपाल बैंकर्स संघको बैठकले ब्याजदर परिवर्तन नगर्ने निर्णय गरेको हो।
माघ १ गतेदेखि बैंकहरुले निक्षेपमा दिने ब्याजदर पौष महिना भन्दा १० प्रतिशतले कम गरेका थिए । फागुनका लागि पनि सोही दर कायम हुने भएको छ ।
वाणिज्य बैंकमा व्यक्तिगत मुद्दतीतर्फको अधिकतम ब्याजदर ११ प्रतिशत संस्थागत मुद्दतीतर्फको ९ प्रतिशत कायम रहेको छ ।