आइतबार, कार्तिक ९ गते २०८३

बिन्धवासिनी साकोसले रक्तदान कार्यक्रम गर्दै, सहभागी हुन सबैलाई संस्थाको अपिल

माघ २५, २०७९ बुधबार
बिन्धवासिनी साकोसले रक्तदान कार्यक्रम  गर्दै, सहभागी हुन सबैलाई संस्थाको अपिल


बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । ३०औं स्थापना दिवसको अवसरमा संस्थाको नयाँ भवन परिसरमा रक्तदान गर्ने संस्थाले जनाएको छ ।

संस्थाले ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम धर्म हो’ भन्ने मुल नाराका साथ गर्न लागेको रक्तदान कार्यक्रममा सम्पुर्ण शेयर सदस्य,सहकारीकर्मी तथा शुभ चिन्तकहरुलाई सहभागी भई रक्तदान गरिदिन अनुरोध गरेको छ ।

संस्थाले आगामी फागुन ६ गते ३०औं स्थापना दिवसको अवसरमा रक्तदान गर्न लागेको हो । संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा विगतमा पनि रक्तदानका साथै विभिन्न कार्यक्रम गर्दै आएको थियो ।