नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र वर्ल्डलिंक कम्युनिकेशन लिमिटेड सम्झौता भएको छ । उक्त सम्झौतामा नेचुरल सहकारीका तर्फबाट प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठक र वर्ल्डलिंक कम्युनिकेशनको तर्फबाट क्षेत्रिय प्रबन्ध अनुप मानन्धरले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार अब नेचुरल सहकारीका सदस्यले वर्ल्डलिंकको ईन्टरनेट सेवा खरिद तथा नविकरणमा १५ प्रतिशत छुट पाउने भएका छन् ।
आज नेचुरल सहकारीको कर्पोरेट कार्यालयमा भएको सम्झौता कार्यक्रममा संस्थाका प्रबन्धक घनश्याम नेपाल, आईटी विभाग प्रमुख समिर बुढाथोकी लगायतको उपस्थिति रहेको थियो । नेचुरल सहकारीले विभिन्न सेवा र व्यवसायिक क्षेत्रसँग सम्झौता गरि सदस्यहरूलाई छुट सुविधा प्रदान गर्दै अएको जनाएको छ ।