आइतबार, कार्तिक ९ गते २०८३

सहकारीका समस्या समाधानमा सदस्यको भूमिका महत्वपुर्ण हुने

माघ २२, २०७९ आइतबार
सहकारीका समस्या समाधानमा सदस्यको भूमिका महत्वपुर्ण हुने


 भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको चाँगुनारायण उपसमितिको आयोजनामा सदस्य सम्बन्ध तालिम सम्पन्न गरेको छ । संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले संस्थामा सदस्यको राम्रो सम्बन्धले मात्र संस्था सफल हुने भएकोले सदस्य सन्तृष्टीलाई विशेष ध्यान दिनुपर्ने बताए । सदस्यको समस्या समाधानले सदस्यसंगको सम्बन्ध मजबुट हुने बताउदै हालको समस्या समाधानमा सदस्य र संस्थाको सम्बन्धले महत्वपुर्ण भुमिका खेल्ने उनको भनाइ छ ।

संघका संचालक एंव उपसमितिका संयोजक सन्तोषी खतिवडाले तालिमले सहकारीमा सदस्यको सम्बन्ध प्रभावकारी व्यवस्थापनमा टेवा पु¥याउने उद्देश्यले तालिमको आयोजना गरेको बताईन । तालिमले धारणा, ज्ञान सिपलाई परिवर्तन ल्याई क्षमता अभिवृद्धि गर्ने भएकोले तालिम तथा सिकाईलाई निरन्तरता दिनुपर्ने उनको भनाई छ । संघका व्यवस्थापक बालकृष्ण धोजुले प्रभावकारी सदस्य सम्बन्धको व्यवस्थापन हुन नसक्दा हाल सहकारीमा समस्या तथा चुनौती बढी रहेको बताउदै उनले  सदस्यको राम्रो सम्बन्धले मात्र सहकारीका समस्या समाधान गर्न सक्ने बताए ।

नेफ्स्कूनका तालिम अधिकृत कवि न्यौपानेले सहकारीमा सदस्य सम्बन्धको महत्व, सम्बन्ध विकासका चरण, उत्कृष्ट सेवा प्रवाहका तरिका, सदस्यसंग गर्ने व्यवहार लगायतका विषयमाा सहजिकरण गरेका थिए ।  संघमा आबद्ध संस्थाहरुमध्ये ३४ जनाको सहभागिता रहेको थियो ।