आइतबार, कार्तिक ९ गते २०८३

पनेरूको अध्यक्षतामा कास्कुनको नयाँ सञ्चालक समिति सर्वसम्मत् चयन

माघ २२, २०७९ आइतबार
पनेरूको अध्यक्षतामा कास्कुनको नयाँ सञ्चालक समिति सर्वसम्मत् चयन

 

काठमाण्डौ बचत तथा ऋण सहकारी संघ लि (कास्कुन) को नयाँ सञ्चालक समिति चयन भएको छ। संघले यस अघि नै १९औं साधारणसभा सम्पन्न गरेको भएपनि आन्तरिक विवादका कारण नयाँ सञ्चालक समिति भने चयन हुन सकेको थिएन । यसअघि प्यानल बनाएर द्विपक्षीय निर्वाचनमा जाने तयारी भएको भएपनि अन्तिम समयमा निर्वाचन स्थगन भएको थियो । सहकारी क्षेत्रमा अहिले विषम परिस्थिति रहेको र सहमतिका आधारमा सञ्चालक समिति चयन गर्नुपर्छ भन्ने अभियानको भावना अनुरू सर्वसम्मत समिति चयन गरिएको छ । 

कास्कुनका यस अघिका अध्यक्ष दिपक पनेरूको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन भएको छ । संघको बरिष्ठ उपाध्यक्षमा नवराज अर्याल, महिला उपाध्यक्षमा विनिता अधिकारी, महासचिवमा निरञ्जन सेढाइँ, सचिवमा बीरेन्द्र भण्डारी र कोषाध्यक्षा चेमा कुमारी पुरी सीमा निर्विरोध चयन भएका छन् । त्यसैगरी संघको ९ जना सदस्यमा गोवर्धन केसी, पुरूषोत्तम नेपाल, पुष्कर सापकोटा, कृष्णप्रसाद आचार्य, खेलनाथ सिग्देल, श्रीराम केसी, रिता श्रेष्ठ, रोशनबाबु श्रेष्ठ र अनन्त कुमार केसी रहेका छन् । त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा अनिता थापा अधिकारी र सदस्यद्वयमा श्यामकृष्ण श्रेष्ठ र दामोदर पौडेल रहेको निर्वाचन उपसमितिले प्रकाशित गरेको अन्तिम नामावलीमा उल्लेख छ । 

कास्कुनको सञ्चालक समितिमा सबै राजनीतिक दलको तर्फबाट प्रतिनिधित्व गराइ सर्वसम्मत गरिएको हो । 

kaskun final.jpg