आइतबार, कार्तिक ९ गते २०८३

बुडोल सामुदायिक साकोसको २४औं वार्षिकोत्सव , “बुसा सहकारी साधना सम्मान–२०७९” बाट घिमिरे सम्मानित

माघ २१, २०७९ शनिबार
बुडोल सामुदायिक साकोसको २४औं वार्षिकोत्सव , “बुसा सहकारी साधना सम्मान–२०७९” बाट घिमिरे सम्मानित


 बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले २४औं वार्षिकोत्सव मनाएको छ ।  संस्थाका अध्यक्ष कैलाश के.सी.को सभापतित्व तथा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव सम्पन्न भएको हो । 

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफेस्कून )का अध्यक्ष परितोष पौड्याल, उपाध्यक्ष शान्ति ढकाल अधिकारी र संचालक माधवप्रसाद जोशी, जिल्ला सहकारी संघ, काभ्रेका अध्यक्ष दिलिप शर्मा, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव विकास वादे, सञ्चालक सदस्य बालकृष्ण दाहाल, बनेपा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष सचितानन्द के.सी. चण्डेश्वरी साकोसका अध्यक्ष नविनभक्त श्रेष्ठ लगायत विभिन्न संस्थाका प्रतिनीधिहरुको उपस्थिति रहेको थियो । 

327516252_732810808413446_1594461534337211787_n.jpg

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का पूर्व अध्यक्ष  ऋषिराज घिमिरेलाई “बुसा सहकारी साधना सम्मान–२०७९” समर्पण गरिएको थियो । सोही अवसरमा २०औं वार्षिकोत्सवमा सम्मान घोषणा गरिएको बुसा सहकारी साधना सम्मानबाट मरणोपरान्त स्व.भोजराज घिमिरेलाई सम्मानित गरिएको  थियो । सो सम्मान उनको छोरा किरण घिमिरेले ग्रहण गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि मिनराज कँडेल, विशिष्ट अतिथि परितोष पौड्याल, अतिथि दिलिप शर्मा र सम्मानित व्यक्तित्व ऋषिराज घिमिरे लगायतले कार्यक्रममा बोल्दै बुडोल सामुदायिक साकोसले सामुदायिक विकासमा पु¥याएको योगदान अनुकरणीय भएकोले सहकारी आगामी गन्तव्य भनेको सबै सहकारीलाई बुडोल सामुदायिक जस्तो बनाउनु पर्ने जनाए । 

329274387_603456964949858_9012344296544201034_n.jpg

कार्यक्रममा आ.व.०७८।०७९मा उत्कृष्ट बालबचतकर्ता, बचतकर्ता, ऋणी, शेयर खरिदकर्ता सदस्यहरू, रक्तदाताहरू, संरक्षित पूँजी फिर्ता कोषबाट अधिकतम रकम प्राप्त गर्ने सदस्यहरू र उत्कृष्ट कर्मचारीलाई समेत नगद रकम सहित सम्मान गरिएको थियो । सो अवसरमा संस्थाले यो वर्षदेखि शुरुवात गरेको “बुसा शैक्षिक सम्मान” कार्यक्रम अन्तर्गत २०७८ बैशाखदेखि २०७९ पुष मसान्तसम्ममा १०ं२, स्नातक, स्नातकोत्तर र एम.फिल. तह उत्तीर्ण गर्ने २७ जनालाई सम्मानका साथै कलेज प्रथम १ जना सदस्यलाई नगदसहित सम्मान गरिएको छ । समारोहमा नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा आयोजित “रक्तदान कार्यक्रम”मा ३५ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । साथै कार्यक्रममा बुडोल सामुदायिक साकोसले निर्माण गरेको सन्देशमूलक श्रव्यदृश्य भिडियो लोकार्पण गर्नुका साथै  विभिन्न साँस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत गरेका थिए ।

संस्थाका सचिव जयराम थापाले सञ्चालन गरेको कार्यक्रममा  उपाध्यक्ष प्रेमनाथ शर्मा कोइरालाले स्वागत मन्तव्य, प्रमुख सल्लाहकार रामहरि के.सी.ले शुभकामना मन्तव्य र अध्यक्ष कैलाश के.सी.ले धन्यवाद ज्ञापन गरेका थिए ।