आइतबार, कार्तिक ९ गते २०८३

चन्द्रागिरि साकोसद्धारा सदस्यहरुको सामूहिक दुर्घटना  बीमा

माघ २०, २०७९ शुक्रबार
चन्द्रागिरि साकोसद्धारा सदस्यहरुको सामूहिक दुर्घटना  बीमा


चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको सामूहिक बीमा गरेको छ । संस्थाले यस अघि  सदस्यहरुको दुर्घटना भई ज्यान  गुमाएमा  सदस्य राहत कोषबाट आश्रित परिवारलाई   १ लाख सम्मको क्षति  प्रदान गर्दै आईरहेको थियो । 

अब भने संस्थालाई प्राथमिकता दिई कारोवार गर्ने सदस्यहरुको  माघ २० गते देखि लागु हुने गरी  बीमा कम्पनीसँग   समन्वय गरी थप १ लाखको सामूहिक दुर्घटना बीमा गरिएको  संस्थाले जनाएको छ । थप बीमाको यो सुविधा संरक्षित पुँजी फिर्ता कोषबाट न्युनतम ३७ रुपैयाँ सम्मको सुविधा प्राप्त गर्ने सदस्यहरुलाई उपलब्ध हुने जनाइएको छ । सो व्यवस्था अनुसार अनुसार उक्त बीमालेखले ५ हजार ८८० जना सदस्यहरुलाई समावेश गरिएको संस्थाले जनाएको  छ ।

उक्त  बीमालेखले सदस्यहरुको दुर्घटनाबाट हुने मृत्यु, स्थायी पूर्ण अशक्तता र स्थायी आंशिक अशक्तताको क्षति समावेश  गर्नेछ। सदस्यहरुले  गर्ने  कारोवारको थप सक्रियताले आगामी दिनमा अझ बढि सुविधाहरु सदस्यहरुलाई उपलब्ध गराउँदै लगिने  संस्थाले जनाएको  छ । निरन्तर विश्वास, सहयोग र साथको लागि सदस्यहरुप्रति संस्थाले  आभार व्यक्त  गरेको छ ।