शनिबार, आश्विन १७ गते २०८३

रजिष्ट्रार पण्डित गृह मन्त्रालयमा

माघ १९, २०७९ बिहीबार
रजिष्ट्रार पण्डित गृह मन्त्रालयमा

 
संघिय सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितको सरुवा भएको छ । विभागको रजिष्ट्रार रहेका पण्डित सरुवा भएर गृह मन्त्रालय पुगेका  हुन् । 

गतवर्षको फागुनमा विभागको रजिष्ट्रार बनेका पण्डित एक बर्ष नबित्दै सरुवा भएका हुन । सहकारी अभियानको  सुधारका लागि पण्डितले महत्वपूर्ण निर्णयहरु गरेका थिए । कोपोमिसको कार्यान्वयनदेखि ३५ बुँदे निर्देशिका र कर्जा सूचना केन्द्र स्थापना गर्न रजिष्टार पण्डितले पहल गर्दै आएका थिए ।

कोभिड १९ को महामारी र अर्थतन्त्रमा देखिएको मन्दीका बीचमा सहकारीहरुले बचत फिर्ता गर्न नसकेकिरहेको अवस्थामा समेत उनले संस्थाहरुलाई सहजिकरण गर्दै आएका थिए । सहकारी अभियानलाई सुद्दिकरण गरी समाजमा स्थापित गर्नुपर्छ भन्ने मान्यता उनको थियो । 

मन्त्रिपरिषद बैठकको निर्णय अनुसार विभिन्न मन्त्रालय, विभाग, प्रदेश तथा निकायमा कार्यरत २६ जना सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो । त्यसैगरी बन तथा वातावरण मन्त्रालयका सहसचिव नवराज घिमिरे नयाँ रजिस्ट्रारमा आउने भएका हुन् ।