आइतबार, कार्तिक ९ गते २०८३

नवजागरण साकोसद्वारा सहकारी शिक्षा कार्यक्रमको आयोजना

माघ १९, २०७९ बिहीबार
नवजागरण साकोसद्वारा सहकारी शिक्षा कार्यक्रमको आयोजना

रामेछापको मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थाले सेयर सदस्यहरुलाई सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । संस्थाले लिखु तामाकोसी गाउँपालिका ६ खिम्ति र मन्थली नगरपालिका १३ मिल्ति बजारका सेयर सदस्यलाई सहकारी शिक्षा प्रदान गरेको हो ।

संस्थाका  अध्यक्ष श्याम थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रममा सहकारी शिक्षाका बारेमा सेयर सदस्यलाई शिक्षा उपसमितिका संयोजक नारायण बहादुर कार्कीले र संस्थाका वितीय  विवरण र संस्थाको गतिविधि बारेमा व्यवस्थापक रमेश कुमार उदासले जानकारी गराएका थिए।

कार्यक्रममा संस्थाले सहकारी शिक्षा कार्यक्रमको आयोजना गर्नुको उदेश्य बारेमा संस्थाका सचिव सोमेस थापाले जानकारी गराए । कार्यक्रममा उनले संस्थाको कार्य क्षेत्र बिस्तार भएको बताउदैँ संस्थाका नयाँ तथा पुराना सेयर सदस्यलाई संस्थाको हाल सम्मको अवस्था तथा वितीय अवस्थाको बारे जानकारी गराउन र सेयर सदस्यलाई वितीय साक्षरता प्रदान गर्न कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

नवजागरण बचत तथा ऋण सहकारी संस्था लि। हाल ८ हजार ४ सय ९० भन्दा बढि सेयर सदस्य रहेका छन् । भने संस्था कुल सम्पति ५९ करोड भन्दा माथि रहेको छ । संस्थाले ४० करोड ऋण लगानी गरेको छ भने ४६ करोड भन्दा बढि बचत संकलन गरेको छ ।