शनिबार, आश्विन १७ गते २०८३

च्याटजिपिटीका प्रयोगकर्ता दुइ महिनामै १० करोड नाघे

माघ १९, २०७९ बिहीबार
च्याटजिपिटीका प्रयोगकर्ता दुइ महिनामै १० करोड नाघे

 

एआइमा आधारित लोकप्रिय च्याटबट ‘च्याट जेपिटी’ले दुइ महिनाको अवधिमा १० करोड सक्रिय प्रयोगकर्ता बनाएको छ । २०२२ काे नाेभेम्बर महिनामा लञ्ज गरिएको यो वेबसाइटमा २०२३ काे जनवरी महिनाको अन्त्यसम्म आइपुग्दा १० कराेड सक्रिय प्रयोगकर्ताहरू पुगेको अनुमान गरिएको छ । सुरु भएको दुई महिनाभित्रै यो परिमाणमा प्रयोगकर्ता पाउने इन्टरनेट सेन्सेसनमा च्याटजेपिटी पहिलो भएको बताइएको छ । 

एनालिटिक्स फर्म सिमिलरवेबको तथ्यांकलाई उद्धृत गर्दै जारी एक रिपोर्टका अनुसार जनवरीमा प्रति दिन करिब १ करोड ३० लाख आगन्तुकहरूले च्याटजिपिटीको प्रयोग गरेको बताएको छ । डिसेम्बरको भन्दा यो संख्या दोब्बर हो। 

इन्टरनेट स्पेसको गएको २० वर्षमा इन्टरनेट एपमा यति छिटो र्‍याम्प गरेको कुनै प्रडक्ट नभएको युबिएस विश्लेषकहरूले नोट गरेका छन् । सेन्सर टावरको तथ्याङ्क अनुसार टिकटक विश्वव्यापी रूपमा लञ्चभएर १० करोडको माइलस्टोन पुग्न ९ महिना लागेको थियो भने इन्स्टाग्रामलाइ साढे दुइ वर्ष लागेको थियो । 

च्याटजिपीटीले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर प्रयोगकर्ताको माग अनुसार तत्कालै फरकफरक लेख, निबन्ध, चिठी, चुटकिला, गीत, कविता सिर्जना गर्नुका साथै विज्ञान र कम्प्युटर टेक्नाेलाेजीका जटिल प्रश्नको जवाफ तत्कालै दिन्छ । माइक्रोसफ्ट कर्प एमएसएफटीडटओद्वारा प्रवर्धित निजी कम्पनीले नोभेम्बरको अन्त्यमा यसलाई सर्वसाधारणका लागि निःशुल्क उपलब्ध गराएको थियो।