शनिबार, आश्विन १७ गते २०८३

नोटबन्दी गरी अनाैपचरिक क्षेत्रकाे पैसा अर्थतन्त्रको मुलधारमा ल्याउन सुझाव

माघ १७, २०७९ मंगलबार
नोटबन्दी गरी अनाैपचरिक क्षेत्रकाे पैसा अर्थतन्त्रको मुलधारमा ल्याउन सुझाव

नेकपा एकीकृत समाजवादीले अनौपचारीक क्षेत्रमा रहेको वा लुकाइएको पैसा अर्थतन्त्रको मुलधारमा ल्याउनुपर्ने सुझाब सरकारलाई दिएको छ । 

अनौपचारिक क्षेत्रमा रहेको वा लुकाइएको रकम अर्थतन्त्रको मूलधारमा ल्याउनका लागि नयाँ नोट जारी गरी पुराना नोट साट्न लगाउने कार्यक्रम तत्काल लागू गर्न माग गर्दै नेकपा एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष माधव कुमार नेपालले  प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको ज्ञापन बुझाएका हुन् । 

बैंक तथा वित्तीय संस्थाहरुको बचत तथा ऋण नीतिमा तत्काल सुधार गरी बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपमा बढीमा ४ प्रतिशत ब्याज दिन पाउने र ऋण प्रवाहमा बढीमा ७ प्रतिशत मात्रै ब्याज लिन पाउने व्यवस्था लागु गर्नुपर्ने माग नेकपा एसले गरेको छ ।

त्यसैगरी सहकारी संस्थाहरुले निक्षेपमा बढीमा ८ प्रतिशत ब्याज दिन पाउने र कर्जा दिँदा बढीमा १२ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गर्न समाजवादीको माग रहेको छ । व्यवसायीले कर तिर्ने तथा बैंकको किस्ता तिर्ने समय २०८० असार मसान्तसम्म थप गर्नुपर्ने माग गरिएको छ ।