चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले नयाँ सदस्यहरुको लागि सदस्य विस्तारित मञ्च तथा शिक्षा कार्यक्रम गरेको छ । संस्थाको मुख्य कार्यालयको सभाकक्षमा आयोजित कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा शिक्षा उपसमितिका संयोजक हरिहर सिग्देलको सभापतित्वमा कार्यक्रम भएको हो ।
कार्यक्रममा ५८ जना नयाँ सदस्यहरुलाई संस्थाको वस्तु तथा सेवा र अन्य विविध गतिविधिका वारेमा संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत कबिन्द्र धौबन्जारले जानकारी गराएका थिए । संस्थाका सहायक शाखा अधिकृत गंगादेवी श्रेष्ठले उक्त कार्यक्रम सञ्चालन गरेकी थिइन् ।