शनिबार, आश्विन १७ गते २०८३

प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोक शेरचन

माघ १३, २०७९ शुक्रबार
प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोक शेरचन

 

प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोक शेरचन पुनः नियुक्त भएका छन् । आगामी ४ वर्षे कार्यकालका लागि बैंकको सीइओ बनेका शेरचनको यो तेश्रो कार्यकाल हो । यसअघि लगातार २ कार्यकाल उनी प्रभु बैंकको सीईओ भइसकेका छन् ।

बिहीबार बसेको सञ्चालक समितिको बैठकले शेरचनलाई सीईओमा नियुक्त गरेको हो । यसअघि २०७५ माघमा दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त भएका थिए । सेञ्चुरी बैंकलाई प्राप्ति गरेसँगै उनले तेस्रोपटक बैंकको सीईओ बन्ने अवसर पाएका हुन् । मर्जरमा गएका बैंकले २ कार्यकालभन्दा बढी समय बैंकको सीईओ नियुक्त गर्न पाउने छुट छ । सोही बमोजिम उनी तेस्रो पटक बैंकको सीईओ बनेका हुन् ।

२७ वर्षको बैंकिङ्ग अनुभव सँगालेका सीईओ शेरचनले सन् १९९५ बाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका हुन् । उनले तत्कालिन नेपाल क्रेडिट एण्ड कमर्स बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका थिए । त्यसपछि उनी तत्कालिन नेपाल बंगलादेश बैंक प्रवेश गरे ।

त्यसपछि उनी सन् २००६ मा प्रभु फाइनान्समा जोडिए । उनी फाइनान्सको सीईओ बने । साथै, तत्कालिन प्रभु फाइनान्स र प्रभु विकास बैंक मर्ज भएपछि सीईओको जिम्मेवारी शेरचनले नै पाएका थिए ।

जेनिथ फाइनान्स, गौरीशंकर डेभलपमेन्ट बैंक र किस्ट बैंकलाई प्राप्तिपश्चात् पनि शेरचन नै बैंकको सीईओ बने । प्रभु विकास बैंकको सीईओ हुँदै प्रभु बैंकको सीईओ भएका शेरचनले बैंकलाई अब्बल बनाउँदै टप फाइभ भित्र राख्न सफल भएका छन् । उनी सन् २०१४ देखि प्रभु बैंकको सीईओको जिम्मेवारी सम्हाल्दै आएका छन्