शनिबार, आश्विन १७ गते २०८३

लगनखेलमा माच्छापुच्छ्रे बैंकको एक्सटेन्सन काउण्टर

माघ ११, २०७९ बुधबार
लगनखेलमा माच्छापुच्छ्रे बैंकको एक्सटेन्सन काउण्टर

 

माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर लगनखेल संचालनमा आएको छ । बैंकले  लगनखेलस्थित कर्मचारी सञ्चय कोष भवनमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो ।

कर्मचारी सञ्चय कोषका सह–प्रशासक जीवन कुमार कटवालले उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन गरेका हुन् ।  योसँगै बैंकको देशभर एक्सटेन्सन काउन्टर संख्या ११ पुगेको छ।

बैंकले नयाँ एक्सटेन्सन काउन्टर मार्फत ग्राहकको खाता खोल्ने, निक्षेप संकलन तथा भुक्तानी, विप्रेषण लगायतका अन्य बैंकिङ्ग सुविधाहरु समेत प्रदान गर्ने जनाएको छ ।