शनिबार, आश्विन १७ गते २०८३

मौद्रिक नीतिमाथि सुझाव माग,  २० गतेसम्म पठाउन सकिने

माघ १०, २०७९ मंगलबार
मौद्रिक नीतिमाथि सुझाव माग,  २० गतेसम्म पठाउन सकिने

 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सम्बन्धी सुझाव मागेको छ । बैंकले आर्थिक वर्ष २०७९र८० को मौद्रिक नीतिको अर्द्धवार्षिक समीक्षाको लागि राय र सुझावहरु माग गरेको हो । बैंकको आर्थिक अनुसन्धान विभागको इमेल वा बैंकको ठेगानामा माघ २० गतेसम्म सुझावहरु पठाउन भनिएको छ । 

नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ भने वार्षिक र अर्धवार्षिक समीक्षा गर्ने गरेको छ ।