शनिबार, आश्विन १७ गते २०८३

कान्ति बाल अस्पतालमा हिमालयन बैंकका २ काउन्टर सेवा

माघ ९, २०७९ सोमबार
कान्ति बाल अस्पतालमा हिमालयन बैंकका २ काउन्टर सेवा


हिमालयन बैंक लिमिटेडले आफ्नो सेवा–सुविधा विस्तार गर्ने क्रममा थप दुई विल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ ।

बैंकले कान्ति बाल अस्पतालको आकस्मिक वार्ड र बाल मनोरोग वार्डमा आउने विरामीहरु र  विरामीहरुका परिवारजनलाई लक्षित गरी सो काउन्टर सञ्चालनमा ल्याएको हो । उक्त भुक्तानी  काउन्टरहरुले सार्वजनिक बिदा बाहेक अन्य दिनहरुमा बिहान ९ः०० बजे देखि अपरान्ह ३ः०० बजे सम्म ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।

बैंकका देशैभर ७४ शाखा, ६ विस्तारित काउन्टर १६० एटिएएम र ६००० भन्दा बढी पीओएस टर्मिनल सेवा रहेका छन् ।