पुष मसान्तमा सहकारी बैंकमा ९४ करोड निक्षेप थपिएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा राष्ट्रिय सहकारी बैंकमा निक्षेप ४१ अर्ब ६३ करोड रुपैयाँ पुगेको हो । २०७९ मंसिर मसान्तमा ४० अर्व ६८ करोड रुपैयाँ निक्षेप रहेको थियो । एक महिनाको अवधिमा ९४ करोड ९१ लाख रुपैयाँ निक्षेप बृद्धि भएको हो । पुस मसान्तमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको ब्याज पुँजीकृत हुँदा निक्षेपमा बृद्धि भएको हो ।
पुसमा बैंकको कर्जा प्रवाह भने ६३ करोडले घटेको छ । मंसीर मसान्तमा ३४ अर्व ७९ करोड रुपैयाँ कर्जा लगानीमा रहेकोमा पुसमा ३४ अर्व १६ करोड रुपैयाँमा झरेको हो । पुस मसान्तमा बैंकको तरलता अनुपात २०.०२ प्रतिशत तरलता रहेको छ । मंसिरमा बैंकमा तरलता १९ दशमलव ६८ प्रतिशत रहेको थियो । पुससम्ममा बैंकमा कुल सेयर सदस्यहरुको संख्या १५ हजार ७२४ र ऋणीको संख्या २ हजार ६३४ रहेको छ ।