नेपाल राष्ट्र बैंकले ६ वटा विकास बैंक र चार वटा फाइनान्स कम्पनीलाई कारवाही गरेको छ । आर्थिक वर्ष ७९।८० को पहिलो त्रैमासमा गरिएको गैर स्थलगत सुपरिवेक्षणको आधारमा कैफियत देखिएको विकास बैंक र फाइनान्सलाई नगद जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले अनिवार्य मौज्दात नपुर्याएको, विपन्न वर्गमा तेकिएअनुसार कर्जा नदिएको तथा कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै विकास बैंकहरुलाई जरीवाना गराएको हो।
राष्ट्र बैंकका अनुसार कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलप्मेन्ट बैंक र सालपा विकास बैंक कारवाहीमा परेका छन्।
त्यसैगरी फाइनान्स कम्पनीतर्फ नेपाल फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाईनान्स, र प्रोग्रेशिभ फाइनान्सलाई नगद जरिवाना तिराइएको छ।