तिलोत्तमा-१०,बेवरी ,रुपन्देहीमा रहेको प्रगतिशील महिला विकास बहुउदेश्यीय सहकारी संस्थाको २५ औं बार्षिक साधारण सभा तथा रजत महोत्सव सम्पन्न भएको छ । तिलोत्तमा-११. शिवपुर मा .वि. शिवपुरमा सभाा भएको छ ।
संस्थाकी अध्यक्ष सीता न्यौपानेको अध्यक्षता तथा रुपन्देही क्षेत्र न.१.का प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । सभाको विशिष्ट अतिथि तिलोतमा नगरपालिकाका उप प्रमुख जागेशेवर देवि चौधरी ,महिला बाल बालिका तथा जेष्ठ नागरिक प्रमुख शारदा बश्याल अन्य अतिथिहरुमा बिभिन्न वडाका जन प्रर्तिनिधि र संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

प्रमुख अतिथि विश्वकर्माले सहकारीको माध्यमबाट गाउँ गाउँमा बचत गर्ने बानीको विकास भएको बताए । प्रगतिशिल महिला सहकारीले महिलाहरुको आर्थिक अबस्था सुधार गर्न र महिलाहरुलाई स्वरोजगार तथा व्यवसायी बनाउन महत्वपुर्ण भुमिका खेलेको उनको भनाई छ । कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका उप प्रमुख जागेश्वरी चौधरीले सहकारीको सुख दुखको साथि प्रगतिशिल महिला रहेको बताईन्। कार्यक्रममा बोल्दै तिलोत्तमा ११ अध्यक्ष बिष्णु बरालले ग्रामिण क्षेत्रको महिलाहरुको अब्बल संस्था रहेको भन्दै महिलाहरुको आर्थिक सामाजिक विकासमा महत्वपुर्ण भुमिका खेलेको उनले जनाए ।

साधारण सभामा संस्थाकी अध्यक्ष न्यौपानेले संस्थाको प्रगती प्रतिवेदन र लेखा संयोजक गोपी पान्डेले आर्थिक प्रतिबेदन प्रस्तुत गरेकी गिईन् । संस्थाका उपाध्यक्ष लक्ष्मी गजमेरले स्वागत मन्तव्य राखेकी थिईन् । रजत महोत्सव अन्तर विभिन्नविधामामा विजयी भएका प्रतियोगीहरुलाई पुरस्कार बितरण , संस्थामा स्थापना कालदेखी योगदान गर्ने पुर्व अध्यक्ष , सल्लाहकार र कर्मचारीलाई पुरस्कृत एंव सम्मान गरिएको थियो ।
२५ औं बार्षिक साधारणसभा तथा रजत महोत्सब भब्यताका साथ सम्पन्न गर्नका लागि दिन रात खट्ने संंस्थाका संचालक समिति ,लेखा सुपरबेक्षण समिति , बिभिन्न उप समितिहरू , सल्लाहकार समिति र कर्मचारी सबैलाई अध्यक्ष न्यौपानेले धन्यवाद व्यक्त गरिन् । संस्थाकी ब्यवस्थापक जमुना गिरीले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।महिला सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा सहकारीले उल्लेख्य भुमिका खेल्दै आएको छ । रजत महोत्सवका अवसरमा संस्थाले स्मारिका समेत प्रकाशन गरेको छ ।
