काठमाडौं बचत तथा ऋण सहकारी संघ ( कास्कून )को १९ औं वार्षिक साधाणसभा सम्पन्न भएको छ । कास्कूनका अध्यक्ष दिपक पनेरुको अध्यक्षतामा सम्पन्न भएको सभाको प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल रहेका थिए ।
त्यसैगरी सभाको अन्य अतिथिहरुमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून )का अध्यक्ष परितोष पौड्याल,सहकारी महासंघका सञ्चालक डिबी बस्नेत, टेकप्रसाद चौलागाई, बागमती प्रदेश सहकारी संंघका अध्यक्ष रामशरण शर्मा घिमिरे ,बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कुन )का अध्यक्ष उद्धव सापकोटा लगायत जिल्ला संघ तथा विषयगत संघका प्रतिनिधिहरु रहेका थिए ।
सभामा बोल्दै कास्कूनका अध्यक्ष पनेरुले तरलता लगायत विभिन्न समस्याबाट सहकारी संस्थाहरु गुज्रीरहेकोे बताए।वर्तमानमा देखिएका समस्याहरुसँग जुध्न सम्मेमित र सहकारीकर्मीहरु एक जुट हुनु पर्नेमा उनले जोड दिए । पारम्भिक संस्थाहरुमा परेको समस्या समाधानमा कास्कुनले वाटो खोजी रहेको बताउदै उनले सदस्य संस्थाहरुलाई निरास नबनाउने समेत उनले जनाए ।संघमा आवद्ध ८५६ संस्थाहरुको हितमा कास्कूनले काम गर्ने जनाउदै अप्ठेरोमा परेका संस्थाहरुलाई सघाउन योजना बनाएर अघि बढ्ने समेत उनल जानकारी दिए । अहिले सबै संस्था उस्तै समस्यामा नरहेको भन्दै उनले केहि संंस्थामा आएको समस्यालाई लिएर समग्र सहकारी अभियानलाई वदनाम गर्न खोजिएको समेत उल्लेख गरे । संंस्थामाहरुमा तरलता धेरै वा थोरै होला तर सबै संस्थामा तरलता अभाव भने नरहेको अध्यक्ष पनेरुले स्पष्ट पारे । सहकारीपनको विकास तथा प्रविधिको उपयोगलाई संगसगै लेजाने विषय सम्बोधन गर्ने तहमा राज्यको सक्रियता हुनु सकरात्मक भएको उनको भनाई छ । कतिपय विषयमा राज्यले सहकारीलाई प्रर्बद्धन भन्दा पनि नियन्त्रण गर्नेतर्फ अग्रसर हुन खोजेको देखिएकाले समयमै अभियानले पहल गरी सुधार गर्नेतर्फ लाग्नु पर्नेमा उनको जोड छ ।

सभामा सचिव सालिकराम पुडासैनीले आ. ब. २०७८ । ०७९ को प्रगति प्रतिवेदन तथा आ.ब. ०७९ । ८०को प्रस्तावित निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संघले गत बर्ष ९१ संस्थालाई सदस्यता प्रदान,विभिन्न तालिम तथा गोष्ठी,सदस्य शिक्षा र अवलोकन भ्रमण जस्ता कार्यक्रम गरिएको उनले सभालाई जानकारी दिए । संस्थाको कोषाध्यक्ष निरञ्जन सेढाईले आ. ब. २०७८ । ०७९ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै असहज अवस्थामा समेत संघले तरलता व्यवस्थापनमा सदस्य संस्थाहरुलाई सरल र सहज ढगंले ऋण प्रवाह गरी तरलता व्यवस्थापनमा संघाउदै आएको बताए ।

संघले गत असार मसान्तसम्म ७ करोड ८३ लाख शेयर पुँजी, २ करोड ५१ लाख जगेडा कोष,१ करोड ८९ लाख अन्य कोष, ९० करोड ७० लाख बचत र ६५ करोड ९१ लाख ऋण लगानी गरेको छ । संघले गत आ.ब.को तुलनामा ४७.३२ प्रतिशतले नाफामा वृद्धि गरी २ करोड २१ लाख खुद नाफा आर्जन गरेको छ । संघले गत बर्षको नाफाबाट १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभामा लेखा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक सुवासचन्द्र घिमिरले समितिको प्रतिवेदन प्रस्तुत गर्दैै ऋण लगानीको सदुपयोगिता जाँच गर्ने व्यवस्था मिलाउन तथा धितो राखेर ऋण प्रवाह भएका धितोहरुको समयमै वीमा अधावधिक गर्न सुझाव दिएका छन् । सभामा उपाध्यक्ष नवराज अर्यालले शुभकामना मन्तव्य राखेका थिए भने संस्थाका सचिव सालिकराम पुडासैनीले सभा सञ्चालन गरेका थिए ।

सभामा विभिन्न विधामा उत्कृष्ट हुने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । उत्कृष्ट साकोस सम्मान २०७९ बाट नयाँपार्टी साकोस, उत्कृष्ट ऋण कारोवार सम्मानबाट अपेक्षा साकोस, अधिक शेयर कारोवारबाट पोटेनसियल साकोस र अधिक बचत कारोवारबाट एकता साकोस सम्मानित भएका छन् । त्यसैगरी कास्कून बर्ष व्यति सम्मानबाट कास्कूनका पुर्व अध्यक्ष शम्भुप्रसाद घिमिरे, कास्कून अभियान्ता सम्मानबाट राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेती र कास्कून पत्रकारिता पुरस्कारबाट कृष्णचन्द्र बस्नेत सम्मानित भएका छन् । त्यसैगरी कर्मचारी मध्येबाट कास्कूनका व्यवसाय साहयक विश्वास पौडेललाई सम्मान गरिएको थियो । सभाका प्रमुख अतिथि कँडेलले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।