आइतबार, कार्तिक ९ गते २०८३

नेपाल पर्यटन केन्द्रीय सहकारी संघको नवौं साधारण सभा सम्पन्न

माघ १, २०७९ आइतबार
नेपाल पर्यटन केन्द्रीय सहकारी संघको नवौं साधारण सभा सम्पन्न


नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको अध्यक्षता एंव राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यतामा  सभा सम्पन्न भएको हो ।

 सभामा महासंघका  सञ्चालक टेकप्रसाद चौलागाई, सहकारी विभागका उप रजिष्ट्रार टोलराज उपाध्याय तथा नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलको विशेष आतिथ्यता रहेको  थियो । कार्यक्रममा संघका सचिव प्रेमभक्त महर्जनलाई बागमती प्रदेश सभा सदस्यमा र संघका सञ्चालक मञ्जली शाक्य बज्राचार्यलाई ललितपुर महानगरपालिकाको उप मेयर पदमा निर्वाचित  भएकोमा बधाई सहित सम्मान पत्र  प्रदान  गरिएको थियो।

320845306_1207253366577030_6576287868086921759_n.jpg

कुल ५१ मध्ये ३०वटा संघ संस्थाको उपस्थितिमा सञ्चालित कार्यक्रममा सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन, कोषाध्यक्षको तर्फबाट आ.व.२०७८्/७९ को लेखापरीक्षण प्रतिवेदन र आ.व.२०७९/८० को प्रस्तावित कार्यक्रम तथा बजेट र लेखा सुपरीवेक्षण समितिको तर्फबाट आ.व.२०७९/७९ को प्रतिवेदन प्रस्तुत गरि  पारित  गरिएको थियो। संघका महासचिव देवराज पराजुलीले सभाको  सञ्चालन गरेको थिए ।