शनिबार, आश्विन १७ गते २०८३

राष्ट्रिय वाणिज्य बैंकको १२.५० प्रतिशत लाभांश पारित

पौष २९, २०७९ शुक्रबार
राष्ट्रिय वाणिज्य बैंकको १२.५० प्रतिशत लाभांश पारित


राष्ट्रिय वाणिज्य बैंक १७औं वार्षिक साधारणसभाले १२.५० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकले नगद ७.५० प्रतिशत र बोनस शेयर ५ प्रतिशत लाभांश दिने भएको हो । यसपछी बैंकको कूल चुक्ता पुँजी १५ अर्ब ६३ करोड रुपैंया हुने छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारणसभामा अध्यक्ष डा.पाठकले कोभिड–१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने बताए ।

बैंकको हाल ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६४ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।