बैंकर्स संघले निक्षेपमा दिइने ब्याजदर घटाउने निर्णय गरेको छ । माघ १ गतेदेखि बैंकहरुले निक्षेपमा दिने ब्याजदर हाल कायम रहेको ब्याजदरभन्दा १० प्रतिशतले कम गर्ने भएका हुन्।
अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको आग्रहमा बैंकहरुले ब्याजदर घटाएको जनाएका छन् । उद्यमीव्यवसायीहरुले ब्याजदर घटाउन निरन्तर माग राख्दै आन्दोलनमा उत्रिएका थिए ।
अब माघ महिनाको लागि वाणिज्य बैंकमा व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर १२.१३ प्रतिशतबाट घटेर ११ प्रतिशत कायम हुने भएको छ । त्यस्तै संस्थागत मुद्दतीतर्फको ब्याज पनि १०.१३ प्रतिशतबाट घटेर ९ प्रतिशत कायम हुने भएको छ ।