जनमुखी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक भेष बहादुर मिजारले उत्कृष्ट व्यवस्थापक सम्मान प्राप्त गरेका छन् ।
दोलखा जिल्लाको सहकारी अभियानमा महत्वपुर्ण भूमिका निर्वाह गरेको भन्दै दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघले मिजारलाई सम्मान गरेको हो । बचत संघको २४औँ वार्षिक साधारण सभाको अवसर पारेर सभाका प्रमुख अतिथि प्रोस्कुनका अध्यक्ष उद्धव प्रसाद सापकोटाले मिजारलाई दोसल्ला तथा प्रशंसापत्र प्रदान गरेका थिए ।