शनिबार, आश्विन १७ गते २०८३

‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’को नाममा एकीकृत कारोबार शुरु

पौष २७, २०७९ बुधबार
‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’को नाममा एकीकृत कारोबार शुरु

 

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार शुरु भएको छ । मर्ज भएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट बुधबार कारोबार शुरु भएको भएको हो । 

काठमाडौंमा आज आयोजित एक कार्यक्रममा नेपाल इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंक नेपालका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रूपमा एकीकृत कारोबार शुभारम्भ भएको घोषणा गरे ।

एकीकृत बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाण्डे सर्वसम्मत चुनिएका छन् । नयाँ सञ्चालक समितिमा दुबै बैंकको सञ्चालकहरुको प्रतिनिधित्व रहने गरी नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट प्रजन्य राजभण्डारी, कवि कुमार टिब्रेवाला र मेगा बैंकको तर्फबाट गोपाल खनाल, मदन कुमार आचार्य र मुक्ति राम पाण्डे रहेका छन् । त्यसैगरी साविक नेपाल इन्भेष्टमेण्ट बैंकमा स्वतन्त्र सञ्चालकको रुपमा रहेकी मञ्जु बस्नेत नै अब बन्ने सञ्चालक समितिमा पनि स्वतन्त्र सञ्चालक बन्ने भएकी छन् ।

इन्भेष्टमेन्ट र मेगा बैंक १००ः९० अनुपातमा मर्ज भएका हुन् । मर्जरपश्चात बैंकको कुल सम्पत्ति ४ खर्ब ७१ अर्ब, कुल पुँजी ५८ अर्ब, कुल निक्षेप ३ खर्ब ६० अर्ब, कुल कर्जा ३ खर्ब २९ अर्ब रहेको छ । 

एकीकृत कारोबारसँगै बैंकका शाखा संख्या २९६ वटा र एक्सटेन्सन काउन्टर ५९ वटा पुगेका छन् । २७९ वटा एटीएम रहेको बैंकले ३० लाख ग्राहकलाई सेवा दिने जनाएको छ। 

एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा अध्यक्ष पाण्डेले इन्भेष्टमेन्ट बैंकको ३६ बर्ष र मेगा बैंकको १२ बर्षको अनुभव एकीकृत भएको बताए ।