आइतबार, कार्तिक ९ गते २०८३

सहुलियतपूर्ण कर्जाको व्यवस्थापन गर्न निति तथा कार्यक्रममा नै समेट्न सुझाएको छुः रजिष्ट्रार पष्डित

पौष २६, २०७९ मंगलबार
सहुलियतपूर्ण कर्जाको व्यवस्थापन गर्न  निति तथा कार्यक्रममा नै समेट्न सुझाएको छुः रजिष्ट्रार पष्डित


सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पष्डितले सहकारी ऐन २०७४ मा व्यवस्था भएको कर्जा सुचना केन्द्र, बचत तथा कर्जा सुरक्षण कोष र ऋण असुली न्यायाधिकरण गठनका लागि सरकारको नीति तथा कार्यक्रममा नै समेट्ने गरी विभागले सुझाव दिएको बताएका छन् ।

राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सवल संघ निर्माणमा अध्यक्षको भूमिका विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै उनले सहकारीमा देखिएको तरलताको अप्ठ्यारोलाई सम्बोधन गर्नका लागि राष्ट्रिय सहकारी बैंक र नेफ्स्कूनबाट सहुलियत ब्याजदरमा कर्जा प्रवाहको व्यवस्थापनका लागि समेत विभागले सुझाव दिएको बताए । विश्वव्यापी रुपमा आएको आर्थिक मन्दी र कोरना भाईरसको प्रभावका कारण तरलताको समस्यामा परेका  सहकारीका लागि बैंक र नेफ्स्कूनबाट  सहुलियतपूर्ण व्याजदरमा कर्जा प्रवाहको व्यवस्था मिलाउन सुभाएको उनले बताएका हुन् ।  त्यसैगरी सहकारीहरुको एकीकरणका लागि प्रोत्साहन गर्न एक बर्ष आयकर छुट दिने व्यवस्थापन गर्न समेत विभागले सुझाव दिएको उनले जानकारी दिए ।’

कार्यक्रममा संघहरुको वर्तमान अवस्था र भावि कार्यदिशा विषयक कार्यपत्र प्रस्तुत गर्दै उनले  सहकारी नीति परिमार्जन गरी सहकारीको योगदान मापनका लागि तथ्याङक विभागसँग समन्वय गरेर सर्वेक्षण गर्नका लागि पहल भैरहेको बताए ।