शनिबार, आश्विन १७ गते २०८३

प्रभुले गर्‍यो सेञ्चुरी बैंकलाइ प्राप्ति, आजबाट एकीकृत कारोबार शुरू

पौष २६, २०७९ मंगलबार
प्रभुले गर्‍यो सेञ्चुरी बैंकलाइ प्राप्ति, आजबाट एकीकृत कारोबार शुरू

प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गरेर प्रभु बैंकको नामबाट एकीकृत कारोबार सुरू गरेको छ । 

प्रभु बैंकका पूर्व अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य देवी प्रकाश भट्टचनले मर्जरपछि प्रभु बैंकले ठूलो ग्राहकलाई सहज रुपमा कर्जा प्रवाह गर्ने बताए । बैंकले ७ अर्बसम्म एकल कर्जा दिन सक्ने जनाए। सेन्चुरी बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले सबैभन्दा कान्छो बैंकको रुपमा स्थापना भएको सेन्चुरी बैंक प्रभुसँगको मर्जरपछि टप फाइभमा पुगेको बताए । 

प्रभु बैंकका सीइओ अशोक शेरचनले मर्जरपछि सेयरधनीलाई अधिकतम प्रतिफल दिने प्रयास गर्ने बताए । ‘मेरो  नेतृत्वमा बैंकलाई थप उचाइमा पुर्याउने छु, अधिकतम प्रतिफल सेयरधनिलाई दिने प्रयास हुनेछ,’ उनले भने ।

प्रभु र सेञ्चुरी १ः१ अनुपातमा मर्ज भएका हुन् । मर्जर पश्चात् बैंकको चुक्ता पूँजी २३ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । मर्जर पश्चात् बैंकको  निक्षेप २ अर्ब ७७ करोड रुपैयाँ र कूल कर्जा २ खर्ब ३४ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । यस्तै, बैंकको शाखा सञ्जाल ३४१ वटा र २९६ वटा एटिएम पुगेका छन् । सेञ्चुरी बैंकमा १ हजार १४३ जना र प्रभु बैंकमा २ हजार ४१२ जना कर्मचारी कार्यरत रहेका छन् । मर्जर पश्चात् प्रभु बैंकको कर्मचारी संख्या ३ हजार ५५५ रहेका छन् ।

प्रभुु बैंकको नामबाट एकीकृत कारोबार भएको बैंकमा सात जना नयाँ सञ्चालक रहेका छन् । नयाँ सञ्चालक समितिमा लिला प्रकाश सिटौला, रमेश सिंह खड्का, मन बहादुर राई, शंकर प्रसाद कालिकोटा, प्रा। डा। गिता प्रधान, रामेश्वर सापकोटा र अभिषेक बज्राचार्य रहेका छन् ।

बैकका अनुसार यी नै ७ जना बाट एक जना अध्यक्षमा चुनिने छन् । संचालक समितिमा प्रभु बैंकबाट ४ र सेञ्चुरीबाट ३ जना रहेका छन् । मर्जपछि बैंकको सीईओमा अशोक शेरचन भएका छन् भने डेपुटी सीईओमा मनोज न्यौपाने रहेका छन् ।