नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी मर्जर नीतिले वित्तीय प्रणाली थप सुरक्षित भएको जनाएका छन् ।
ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबारको शुभारम्भ गर्दै गभर्नर अधिकारीले खुला नीतिका कारण धेरै वित्तीय संस्था खुलेको बताए । उनले भने,‘संस्था बढी हुँदा मध्यस्था लागत बढ्छ । जसका कारण बजारमा अस्वस्थ प्रतिस्पर्धा भयो। अर्थतन्त्रमा पनि सकारात्मक योगदान भएन ।’ यिनै कारणले गर्दा राष्ट्र बैंकले मर्जर नीति ल्याएको गभर्नर अधिकारीले बताए ।
मर्जर नीति ल्याएपछि अहिलेसम्म २४७ संस्था मर्ज भएर ६८ संस्था कायम भएको उनले जनाए । गभर्नर अधिकारीका अनुसार यो वर्ष १४ वटा बैंक मर्जरमा गएका छन् ।