पारिजात बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ध्रुवबहादुर रायमाझीको सभापतित्वमा भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभामा निर्वाचित् सभासद दुर्लभ थापाको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
सभाको विशेष अतिथि भक्तपुर क्षेत्र नं .२ का प्रदेश सभामा निर्वाचित् सभासद किरण थापा, अतिथिहरुमा सहकारी विज्ञद्वय कैलाशभक्त प्रधानाङ्ग र यज्ञराज ढुंगेल रहेका थिए । त्यसैगरी अन्य अतिथिहरु वागमती प्रदेश सञ्चालक दुर्गा सञ्जेल, भक्तपुर जिल्ला सहकारी संघका कोषाध्यक्ष सावित्री धौभडेल, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका सञ्चालक सन्तोषी खतिवडा, अतिथि सुनपा सहकारी शाखा प्रमुख राजेन्द्र कुमार श्रेष्ठ, सहकारी बैंक सूर्यविनायकका प्रबन्धक दिनेश गेलाल र विभिन्न सहकारी संस्थाका आमन्त्रित प्रतिनिधिहरुको उपस्थिति रहेका थियो ।

सभामा भक्तपुर क्षेत्र नं २. बाट प्रतिनिधि सभामा निर्वाचित सभासद दुर्लभ थापा र भक्तपुर क्षेत्र नं २ का प्रदेश सभामा निर्वाचित सभासद किरण थापालाइ बधाई तथा शुभकामना दिइएको थियो । त्यसैगरी सभामा सहकारी विज्ञद्वय कैलाशभक्त प्रधानाङ्ग र यज्ञराज ढुंगेललाइ जनही २५ हजार नगद साथै सम्मानपत्रले सम्मानित गरिएको थियो । संस्थाका भिन्न विधामा पुरस्कृत शेयर सदस्यहरु लगायत एसईई परीक्षामा उत्कृष्ट ग्रेड प्राप्त गर्ने शेयर सदस्यका छोरा छोरीहरु लाईपनि प्रमाणपत्र साथै नगद ५ बाट सम्मानित गरिएको थियो ।
सभाले आ.व. २०७८/७९ का सञ्चालक समितिका प्रस्तावहरु वार्षिक कार्य प्रगति प्रतिवेदन लेखापरीक्षण प्रतिवेदन प्रस्ताव लगायतका प्रस्तावहरू सर्वसम्मत रुपमा अनुमोदन तथा पारित गर्नुका साथै २०७९/८०को वार्षिक बजेट, विनियम संशोधन लगायत अन्य विभिन्न विषयमा छलफल गरी निर्णय समेत गरेको थियो ।
साधारण सभाबाट संस्थाको निर्वाचन निर्देशिका २०७७ वमोजम अधिवक्ता दिपेन्द्र थापाको संयोजकत्वमा वेदप्रसाद सापकोटा र बासुदेव पोखरेल रहेको ३ सदस्यीय निर्वाचन उपसमितिद्वारा संस्थाको आगामी ४ वर्षको लागि टंकराज काफ्लेको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र लक्ष्मी वस्याल घिमिरेको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन भएका छन्। संस्थाको उपाध्यक्षमा सुरज थापा,सचिवमा किरण थापा, कोषाध्यक्षमा श्याम कृष्ण मास्के र सदस्यहरुमा निरञ्जना धौभडेल, प्रेमकुमारी गौतम, भरतप्रसाद सङग्रौला विद्या भट्टराई चयन भएका छन्। त्यसैगरी लेखा सुपरीवेक्षण समिति सदस्यहरुमा लक्ष्मी प्रसाद कोजु र लक्ष्मण लुइटेल चयन भएका छन् ।