नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटाएको छ । निगम व्यवस्थापनको निर्णयअनुसार मुल्य समायोजन गरिएको एक विज्ञप्तिमार्फत जानकारी दिइएको हो ।
यससँगै अब पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ । निगमले हवाई इन्धनको मूल्य भने उच्च दरले घटाएको छ । वाहृय हवाई इन्धनको मूल्य प्रतिलिटर ३० रुपैयाँ घटाएको छ भने आन्तरिक इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाएको छ । निगमले आइतबार राति १२ बजेदेखि उक्त मुल्य लागू हुने जनाएकाे छ ।
यसअघि निगमले अझै घाटा रहेको र अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ तीव्र भइरहेकाले नेपालमा मूल्य यथास्थितिमा राखेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले भाउ घटाउन केहि दिन अघि निगम व्यवस्थापनलाई निर्देशन दिएका थिए ।