प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् । इण्डियन आयल कर्पोरेशनबाट पटकपटक पेट्रोलियम पदार्थको मूल्यसूची आएपनि नेपाल आयल निगमले भने मूल्य घटाएको छैन ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा उद्योग, वाणिज्य तथा आपूर्ति सचिवलाई प्रचण्डले मूल्य घटाउन निर्देशन दिएका प्रधानमन्त्री कार्यालयका सोकिय सचिव रमेश मल्लले बताए।
उनले प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमाजिक जनतालाई राहत हुनेगरी मूल्य समायोजन गरी मूल्य कटौती गर्न निर्देशन दिएको बताए।
हाल नेपाल आयल निगम मासिक रुपमा १ अर्ब ९८ करोड रुपैयाँ नाफा रहेको छ। निगमले १५ दिनमा ९९ करोड रुपैयाँ नाफा कमाउने अपेक्षा गरेको छ।
केहि दिन पहिले पेट्रोल र डिजलमा ३ रुपैया मूल्य घटाएर जनताको आँखामा छारो हाल्दै निगमले प्रधानमन्त्रीको निर्देशन पछि कति मूल्य घटाउला भन्ने चासो सबैको छ ।