आइतबार, कार्तिक ९ गते २०८३

वित्तीय संकट समाधानका लागि सबै पक्ष जिम्मेवार बनौः उप्रेती   

पौष २१, २०७९ बिहीबार
वित्तीय संकट समाधानका लागि सबै पक्ष जिम्मेवार बनौः उप्रेती   


 राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी.उप्रेतीले मुलुकमा देखिएको वित्तीय संकट समाधानका लागि राज्य सहित सरोकारवाला सबै पक्ष जिम्मेवार भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका छन्।    नेपाल सहकारी पत्रकार समाजका पदाधिकारीहरुसंग बैंकको कार्यालयमा भएको अन्तरक्रियामा बोल्दै उप्रेतीले यस्तो बताएका हुन् ।  

सहकारीसंगै समग्र वित्तीय क्षेत्रमा देखिएको समस्याका बारेमा चर्चा गर्दै अध्यक्ष उप्रेतीले सहकारीसंगै मुलुकको वित्तीय संकट समाधान गर्न सबै पक्ष लाग्नु पर्नेमा जोड दिए  ।  सहकारी सदस्यको सहभागितामा सञ्चालन हुने व्यवसाय हो, यसलाई जोगाउनका लागि सदस्यहरुको भूमिका बढाउन आवश्यक छ, अध्यक्ष उप्रेतीले भने,‘सहकारीका सदस्यलाई सचेत बनाउने विषयमा सहकारी अभियान, राज्य र सञ्चारक्षेत्रले प्राथमिकता दिनु पर्दछ ।’

सहकारीको समस्या समाधानका लागि सबै पक्षलाई सहयोग गर्न आव्हान गर्दै उप्रेतीले अभियानका तर्फबाट समन्वयकारी भूमिका निर्वाह भइरहेको बताए । सामुहिक प्रयासबाट सहकारी संघ÷संस्थाहरुको थप विकास र प्रवद्र्धन गर्न सकिने भन्दै सहकारीको क्षेत्रसँग जोडिएका विषयवस्तुलाई सत्य–तथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्न अध्यक्ष उप्रेतीले आग्रह गरे ।

 बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले सामुहिक प्रयासबाट सहकारी क्षेत्रलाई दरिलो र विश्वासयोग्य बनाउनु पर्नेमा जोड बताए । सहकारी बैंक सहकारीहरुको प्रवद्र्धन र विकासका लागि सदैव क्रियाशिल छ, हाम्रो तर्फबाट सक्दो प्रयास गरिरहेका छौं, गुरागाईले भने,‘ सहकारीको समस्या समाधानका लागि अभियान, राज्य र सञ्चारक्षेत्रको समेत सामुहिक भूमिका आवश्यक छ ।’