शुभश्री बचत तथा ऋण सहकारी संस्था लि.को १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बागमती प्रदेश भक्तपुर जिल्ला २ ख का प्रदेश सभासद डा. राजेन्द्रमान श्रेष्ठको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
सभाका सभापति तथा संस्थाका अध्यक्ष ज्ञान कृष्ण श्रेष्ठले “आर्थिक तथा सामाजिक विकासका लागि बचत गरौ” भन्ने मूल नाराका साथ १ लाख ७२ हजार शेयर पूँजीबाट २०६४ साल कार्तिक २१ गते तत्कालिन डिभिजन सहकारी कार्यालय भक्तपुरमा दर्ता भै सुरु भएको संस्थामा आ.व. २०७८/०७९ को अन्तःसम्ममा २,६५३ शेयर सदस्यहरुबाट ४,६७,७१,७०० शेयरपूँजी सँकलन गर्न सफल भएको बताउदै संस्थाले आ.व. २०७८÷०७९ सालमा गरेका कार्य प्रगति तथा आ.व. २०७९/०८० का लागी संस्थाको निति तथा योजना प्रस्तुत गरेका थिए ।
साधारण सभामा संस्थाका कोषाध्यक्ष तुल्सीमान श्रेष्ठले प्रस्तुत आ.व.२०७८÷०७९ को आय—व्यय (संचालन नतिजा) तथा आ.व.२०७९/०८० को अनुमानित आय—व्यय प्रस्तुत गर्दै आ.व.२०७९/०८० मा रु.५३,७९,८५० खुद बचत गर्ने लक्ष्य तथा योजना प्रस्तुत गरेका थिए । उक्त सभामा लेखासुपरिवेक्षण समितिका संयोजक गोपाल न्हा श्रेष्ठले आन्तरिक लेखा प्रतिबेदन प्रस्तुत गरेका थिए ।
उक्त सभामा एस.इ.इ. परीक्षामा सर्वोकृष्ट हुन सफल शेयर सदस्यका छोराछोरीहरु मध्येबाट छात्रा तर्फ सुश्री रेजिना श्रेष्ठ र छात्रतर्फ रेहन श्रेष्ठ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्नेे शेयर सदस्य तथा निजका छोराछोरीहरु मध्येबाट मिस्टी श्रेष्ठ, सोजन श्रेष्ठ, सगुन कसिधजु श्रेष्ठ र निरज कार्कीलाई नगद पुस्कार सहित सम्मान गरिएको थियो। जेष्ठ सदस्यहरुमध्येबाट पुरुष तर्फ कृष्ण कुमार श्रेष्ठ र महिलातर्फ मोहन माया श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै संस्थालाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा योगदान पु¥याउनु हुने सदस्यहरु मध्येबाट लक्ष्मी शोभा शाक्य र जय प्रसाद भट्टराईलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
त्यसैगरी बालबचत कर्ताहरु मध्येबाट उत्कृष्ट हुन सफल रबिन्द्र श्रेष्ठका सपुत्री सायुज्य श्रेष्ठलाई सौजन्य उपहार सहित सम्मान गरियो र संस्थाका कानुनी परामर्शदाता प्रभाकर खनालले दिल्ली विश्व विद्मालयबाट अपराधशास्त्र अन्तर्गत बाल न्याय विषयमा विद्मावारिधि प्राप्त गरेकोमा भएकोमा प्रशंसा–पत्र सहित सम्मान गरिएको थियो । उक्त सभामा शेयर सदस्यहरु मध्येबाट रुपा श्रेष्ठले संस्थाको गतिविधिहरु, संस्थाले गरिएका सामाजिक, सांकृतिक क्षेत्रमा गरिएका योगदानहरुको जानकारी गराइन् ।
अतिथिका रुपमा रहेका सहकारी संस्थाहरुको प्रतिनिधिको रुपमा बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष तुईलाल श्रेष्ठले संस्थाले गरेका कार्यहरुको प्रशंसा गर्नुका साथै विभिन्न सुझावहरु समेत दिएका थिए । विशेष अतिथिका रुपमा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरका सञ्चालक पञ्चकृष्ण श्रेष्ठले सहकारी ऐन तथा नियमावली र निर्देशन तथा संस्थाको विनियम अनुसार सञ्चालनमा आएका सहकारीहरुमा हालसम्म कुनै प्रकारको समस्या नआएको, व्याजको लोभमा व्यावसायिक रुपमा सञ्चालनमा आएका संस्थाहरुमा लाग्नु नहुने, जिल्ला बचत तथा ऋण सहकारी संस्थामा आबद्घ संस्थाहरुलाई विना धित्तो ६० लाख रुपैयाँसम्म ऋण प्रवाह गरिदै आएको जानकारी दिए ।
विशेष अतिथि नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.(नेफ्स्कून) का सञ्चालक मन्दरा मिश्रले सहकारीमा आबद्घ सदस्यहरुले म भनि भावनालाई त्यागि हामी भनी अघि बढ्नु पर्ने, व्यवस्थापनलाई चुस्त दुरुस्त राख्नुपर्ने, सञ्चालकहरु कुनै प्रकारको लोभ लालचमा नपरी संस्थाको हितप्रति सदैब लागि पर्नु पर्ने र आयात केन्द्रित अर्थ नितिलाई निर्यातमुखि बनाउनु पर्ने विचार व्यक्त गरिन् । त्यस्तै विशेष अतिथिका रुपमा नेफ्स्कूनका पूर्व अध्यक्ष तथा सहकारीविद् कैलासभक्त प्रधानाङ्गले सहकारी संस्थाको महत्व र प्रतिष्ठाबारे समाज र सरकारले अझै बुभm्न बाँकी रहेको, सहकारी संस्थामा आबद्घ व्यक्तिहरुलाई नबुझि पछि लाग्न नहुने, सहकारी संस्थाहरुले यसको मान्यता र पारदर्शितामा ध्यान नदिनु, स्थानिय निकायको अनुगमन तथा निरिक्षण र समन्वयमा कमि हुनु, पल्र्स अनुगमनलाई ध्यान दिएर अगाडि बढ्नु पर्ने, स्थानिय सहकारी नियमावली लागु हुनुपर्ने, तरलता व्यवस्थापन हुनुपर्ने र संस्थाका जेष्ठ सदस्यहरुको स्वास्थ्थ सम्बन्धि आवश्यक कार्यहरुमा ध्यान दिनुपर्ने विचार व्यक्त गरे।
१५औं साधारणसभाका प्रमुख अतिथि बागमती प्रदेश भक्तपुर २ ख का सभासद डा. राजेन्द्रमान श्रेष्ठले सहकारी संस्थामा संघिय र स्थानिय निकायको समन्वय हुनु पर्ने, सहकारीमा आवद्घ हुने व्यक्तिले सहकारी सम्बन्धि जानकारी प्राप्त गर्नुपर्ने, संस्थाहरुको आवश्यकता अनुसार सम्बन्धित निकायले अनुगमन, निरिक्षण तथा जाँच पड्ताल हुनु पर्ने, संस्थाले आर्थिक क्षेत्रलाई मात्र ध्यानमा नराखि सामाजिक, साँस्कृतिक, खेलकुद तथा वातावरर्णिय क्षेत्रमा समेत आफ्नो भुमिका रहेकोमा आउँदा दिनहरुमा पनि ती क्षेत्रहरुमा काम गर्नु पर्ने बताए ।
जेष्ठ सदस्यहरुको उपचार तथा स्वास्थ्थ सम्बन्धि सचेतना कार्यक्रमहरु सञ्चालन गर्नु पनै उनको भनाई छ । संस्थाका सचिब काशिभक्त कायष्ठूले संस्था सम्बन्धि जानकारीका साथ उक्त कार्यक्रम सञ्चालन गरेका थिए।